चितवन विशेष
नारायणगढमा भएको छ दिने भरतनाट्यम डान्स वर्कसप सकियो

चितवन, पुस ०१
चितवनको नारायणी कला मन्दिरमा सञ्चालन भएको भरतनाट्यम डान्स वर्कसप सकिएको छ । नारायणी कला मन्दिर र डान्स डाइरेक्टर एशोसियसन नेपाल चितवनको संयुक्त आयोजनामा मंसिर २४ गतेदेखि सुरु भएको भरतनाट्यम वर्कसव आइतबार सकिएको हो ।
छ दिनसम्म सञ्चालन भएको वर्कसपमा चर्चित डान्सर तथा कोरियोग्राफर स्वजन राजवंशीले प्रशिक्षण दिएका थिए । वर्कसपमा भरतनाट्यमको प्रविधि, शरीर प्रशिक्षण, स्टोरी टेलिङ थ्रो डान्स्, कोरियोग्राफि, स्लोक विथ प्राटिकल र थेउरी सम्बन्धि प्रशिक्षण दिईएको आयोजकले जानकारी दिएको छ ।
वर्कसपमा ३६ जनाको सहभागिता रहेको नारायणी कला मन्दिरका अध्यक्ष सुविर श्रेष्ठले जानकारी दिए । आइतबार समापनको दिन डान्सर तथा कोरियोग्राफर स्वजन राजवंशीले भरतनाट्यका विभिन्न रागहरुमा ४५ मिनेटसम्म निरन्तर नृत्य प्रस्तुत गरेका थिए । प्रशिक्षार्थीले आफुले सिकेको नाचहरु प्रस्तुत गरेका थिए ।