चितवन विशेष

सप्तगण्डकी प्रशासनलाई ६ बुँदे मागसहित अनेरास्ववियुको ध्यानाकर्षण

Banner

चितवन, मंसिर २६-

एमाले निकट अनेरास्ववियुले ६ बुँदे माग राख्दै सप्तगण्डकी क्याम्पस प्रमुखको ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष महेश सापकोटाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले क्याम्पस प्रमुख खिमलाल दाहाल, सहायक क्याम्पस प्रमुखहरु पदमलाल भारती र केदारनाथ बरालको ध्यानाकर्षण गराएका हुन् ।

अनेरास्ववियुले राखेको ६ बुँदे मागमा शुद्ध खानेपानीको प्रबन्ध, कक्षाकोठाहरुमा झ्यालढोका मर्मत र पर्दा लगाउने, इन्डोर खेल हलको तत्काल व्यवस्था गर्न माग गरेको छ । त्यसैगरी अनेरास्ववियुले सिफ्टलक कार्यान्वयनमा चुस्तता भएको भन्दै प्रभावकारी कार्यान्वयनको माग राखेको छ । मागहरु पूरा गर्ने प्रक्रिया तीन दिन भित्र सुरु नगरेमा चरणबद्ध आन्दोलनमा उत्रिने अनेरास्ववियुले चेतावनी दिएको छ ।

अनेरास्ववियुको विज्ञप्तिमा केही मागहरुमा क्याम्पस प्रशासन अत्यन्त व्यवसायिक बन्न खोज्दा समग्र विद्यार्थी समस्यामा परेको उल्लेख छ । संगठनले बिगतमा राखेका केही अत्यावश्यक र महत्वपूर्ण मागहरु अझै सुरु समेत गर्न नसकेको भन्दै अनेरास्ववियु क्याम्पस कमिटीले घोर भत्र्सना गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>