चितवन विशेष

भरतपुरमा सुतिरहेको ठाउँमा एक महिला मृत फेला

Banner

चितवन, मंसिर २६-

भरतपुर महानगरपालिका–४ भगवती टोलमा सुतिरहेको ठाउँमा एक महिला मृत फेला परेकी छन् ।

स्थानीय भीम तामाङको घरमा डेरा गरी बस्ने प्युठान मालारानी नगरपालिका–४ घर भएकी ४२ वर्षीय झरना बैजाली पुन मगर सोमबार बिहान ९ः१० बजे आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेकी हुन् ।

मृतकको शरिरमा कुनै चोट नदेखिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । उनले प्रायजसो मादक पदार्थ सेवन गरिरहने पाइएको प्रहरीले जनाएको छ । उनका श्रीमानको यसअघि नै मृत्यु भएको थियो ।

उनी एक छोरा र एक छोरीको साथमा भरतपुरमा डेरा गरी बस्दै आएकी थिइन् । छोरा छोरी अर्काे कोठामा सुत्ने गर्थे । बिहान छोराले उठाउन जाँदा झरनाको मृत्यु भइसकेको पाइएको प्रहरीले बताएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>