चितवन विशेष

चितवन–काठमाडौँ प्रजातान्त्रिक सङ्गमको अध्यक्षमा डा लामिछाने

Banner

काठमाडौँ, मङ्सिर २३-
चितवन–काठमाडौँ प्रजातान्त्रिक सङ्गमको अध्यक्षमा डा हेमराज लामिछाने निर्वाचित हुनुभएको छ । सङ्गमको आज यहाँ सम्पन्न ३३औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनले डा लामिछानेको अध्यक्षतामा १५ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

सङ्गमको वरिष्ठ उपाध्यक्षमा बालचन्द्र आचार्य, उपाध्यक्षमा डा रामकृष्ण रेग्मी, महासचिवमा सुशील श्रेष्ठ, सचिवमा इन्दिरा भट्ट र कोषाध्यक्षमा विष्णुप्रसाद नेपाल निर्वाचित हुनुभएको छ । यस्तै, सदस्यमा कमल पौडेल, नवराज अधिकारी, प्रमोद भट्टराई, लक्ष्मी श्रेष्ठ, विमलप्रसाद पौडेल, इञ्जिनियर शुक्रराज पौडेल, सुजन रेग्मी र हुमा भट्टराई चयन हुनुभएको छ ।

चितवनबाट काठमाडौँ आएर बसेका प्रजातन्त्रवादीहरू सङ्गठित हुनाका लागि विसं २०४७ मा स्थापना भएको सङ्गममा हाल दुई सयभन्दा बढी सदस्य आबद्ध हुनुहुन्छ । सङ्गमको नवनिर्वाचित कार्यसमितिलाई कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र कांग्रेस चितवनका सभापति राजेश्वर खनालले खादा र टीका लगाएर सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>