खेलकुद

नेपालले आज पाकिस्तानसँग भिड्दै

०
Banner

काठमाडौं, मंसिर २२-

यूएईमा आजदेखि १९ वर्ष मुनिको एसिया कप क्रिकेट सुरु हुँदैछ।

नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ। खेल नेपाली समय अनुसार विहान सवा ११ बजे दुबईको आइसीसी क्रिकेट मैदानमा सुरु हुनेछ। आजै अर्को खेलमा अफगानिस्तानले भारतीय टोलीको सामना गर्दैछ।

प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ए मा छन्। समूह बी मा युएई, जापान, श्रीलंका र बंगलादेश छन्। प्रतियोगिता पुस १ गते सम्म चल्नेछ । सबै खेल आइसिसी एकेडेमी ओभल–१ र २ दुबईमा हुनेछन्।

जापान र युएई बाहेक अन्य सबैलाई एसिया कप २०२४ जवनरी १३ देखी फेब्रुअरी ४ सम्म दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप अघिका अन्तिम तयारी हो।

यू–१९ विश्वकपमा नेपालको समूह डी मा न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन्। विश्वकप अघि एसिया कप नेपालको तयारीको सबैभन्दा राम्रो अवसर, स्तर पनि मापन र कमजोरी पत्ता लगाउने प्रतियोगिता मानिएको छ। नेपालले पछिल्ला ११ अन्तर्राष्ट्रिय यू–१९ खेलमा अपराजित रहँदै दुई उपाधि जितेको छ।

गत फागुनमा आइसीसी यू–१९ विश्वकप एसिया र एक महिना अघि एसिसी प्रिमियर कपको उपाधि जितेको थियो। तर सबै एसोसिएट टोली थिए। यस पटक सेमिफाइनल खेल्न दुई खेल जित्नुपर्ने हुन्छ। नेपालले एसियाका सर्वाधिक बलिया टोलीलाई नेपालले हराउनु पर्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>