Breaking News
भारत भ्रमण सकेर फर्किए गृहमन्त्री गुरुङ,विमानस्थलमा आइजिपी कार्कीले गरे स्वागत
०

काठमाडौँ,असोज २८-
गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सकेर नेपाल फर्किएका छन्। उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन भारतको नयाँदिल्ली गएका थिए।
गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार गृहमन्त्री गुरुङ भारत भ्रमणका क्रममा बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी भएका थिए ।
गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण थियो । भ्रमणका क्रममा उनले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने कार्यसूचीसमेत रहेको थियो । निर्धारित कार्यसूचीअनुसार असोज २७ गते शाहसँग भेटवार्ता गर्ने कार्यक्रम थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























