खेलकुद

नेपाल सुपर लिग : चितवन र बुटवलको बराबरी

Banner

काठमाडौँ, मंसिर २२-

चितवन एफिसी र बुटवल लुम्बिनी फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल)मा बराबरी खेल्दै अङ्क बाँडेका छन् । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा चितवन र बुटवल १–१ गोलको बराबरीमा रोकिए ।

सुरुवाती अग्रता जोगाउन नसक्दा चितवन अङ्क बाँड्न बाध्य भएको हो । चितवनका लागि उत्सव राईले ४७औँ मिनेटमा गोलको खाता खोले । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बुटवलका स्टेफन समिर बियोङले गोल गर्दै खेललाई बराबरीमा सकेको थिए ।

बराबरीसँगै चितवनले चार खेलबाट पाँच अङ्क बनाएको छ । बुटवलको समान खेलबाट चार अङ्क पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>