खेलकुद

नेपाल सुपर लिग : आज एफसी चितवनले बुटवल लुम्बिनीको सामना गर्ने

०
Banner

काठमाडाैं, मंसिर २१-

नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज एफसी चितवनले बुटवल लुम्बिनीको सामना गर्ने भएको छ ।

यसअघि हिजो भएको खेलमा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गर्दै विजयी भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पोखराले इलामलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

पोखराका लागि दोस्रो हाफको सुरुमै सञ्जीव विष्टले गोल गरे । उनले खेलको ४७ औँ मिनेटमा गरेको एक गोल नै पोखराको लागि निर्णायक गोल सावित भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>