चितवन विशेष

घरभाडामा २० प्रतिशत छुट दिन घरबहाल उपभोक्ता मञ्चको अपिल

Banner

चितवन, मंसिर १८-
नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले विगतमा भएको सहमति अनुसार २० प्रतिशत रकम छुट दिन अनुरोध गरेको छ । मञ्चले आइतबार एक विज्ञप्ती जारी गर्दै आर्थिक संकटको समयमा २० प्रतिशत घरभाडा छुट दिन अनुरोध गरेको हो ।

पुलचोक-गोन्द्राङ सडक खण्ड र बाइपास लगायतका सडक विस्तारका क्रममा अस्तव्यस्त भएका सम्पूर्ण व्यवसायीहरु बैंक तथा वित्तिय संस्थाहरुको चर्को व्याजदर, घरभाडा बृद्धिका कारण व्यवसाय धरासायी अवस्थामा रहेको भन्दै १८ वटा व्यवसायीले जेठ २६ गते भाडा छुट गर्न अनुरोध गरेका थिए । सोही निर्णय सम्पूर्ण घरधनीले पालना नगरेको भन्दै पालना गर्न मञ्चले अनुरोध गरेको हो ।

‘हाम्रो अपिललाई सहज रुपमा स्वीकारर्दै केही मनकारी घरधनिहरुले २० प्रतिशत नै घरभाडा छुट दिनुभएको छ । केहीले भाडा बृद्धिदरलाई रोकी साविककै भाडा नै कायम राख्नुभएको छ । केही घरधनीले व्यवसायीलाई दिनुपर्ने भाडा छुट दिनुभएको छैन’, मञ्चका अध्यक्ष जनकलाल कट्टेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ,’अहिलेको विषम परिस्थितीमा भाडा दरमा छुट गराई व्यवसायीलाई सहजिकरण गरिदिनुहुन अनुरोध गर्दछौँ ।’ रसिया-युक्रेन युद्धका कारण व्यवसायमा असर परेको समेत बताइएको छ । मञ्चले व्यवसायी र घरधनीबिच सुमधुर सम्बन्ध स्थापित हुनुपर्ने बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>