चितवन विशेष

चितवनको माडीमा अल्पसंख्यकसँग प्रहरी कार्यक्रम

Banner

चितवन,मङ्सिर १८-

चितवनको माडीमा अल्पसंख्यकसँग प्रहरी कार्यक्रम गरिएको छ । इलाका प्रहरी कार्यालय माडीको आयोेजनामा माडी नगरपालिका १, पाण्डवनगरमा कार्यक्रम गरिएको हो ।

स्थानीय बोटे, थारु, मुसहर, चेपाङ, मुस्लिम समुदायका करिब ५० जनाको सहभागितामा गरिएको कार्यक्रममा राज्यले प्रहरी मार्फत नागरिकलाई प्रदान गर्ने सेवा सुविधाका बिषयमा जानकारी गराइएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले बताउनुभयो । प्रहरी निरीक्षक रिजालले अल्पसंख्यकसँग प्रहरी कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिने भन्दै यसको प्रभावकारी कार्यान्वयनका लागि नागरिकको सहयोग आवश्यक रहेको बनाउनु भयो । ‘प्रहरी सेवाको पहुँचमा अल्पसंख्यकलाई पनि पु¥याउनका लागि कार्यक्रम गरिएको हो, उहाँले भन्नुभयो ‘यसले प्रहरीसँगको सम्बन्धमा थप टेवा पु¥याउने विश्वास लिइएको छ ।’ उहाँले हरेक नागरिकको न्ययमा पहुँच र सचेतना प्रदान गर्न अभियान प्रभावकारी बन्ने बताउनुभयो । हरेक क्षेत्रबाट पछाडि परेका समूदायलाई राज्यको मूल
प्रबाहामा ल्याउनुका साथै उनिहरुको गुनासो र समस्या सुन्ने र सम्बन्धित निकायमा पु¥याउने काम प्रहरीले गरेको रिजालले बताउनुभयो ।

कार्यक्रममा आत्महत्या, घरेलु हिंसा, लैंगिक हिंसा, ठगी, लागु औषध दुव्र्यसनी, अवैध घरेलु मदिरासम्बन्धी गुनासो स्थानीयले प्रहरी समक्ष राखेका थिए ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय माडीले नगरका विभिन्न क्षेत्रमा लैंगिक हिंसाविरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोमबार माडी नगरपालिका–८ स्थित श्री जनजीवन माध्यमिक विद्यालयका विद्यार्थीलाई सचेतनामूलक कार्यक्रम गरिएको निरीक्षक रिजालले बताउनुभयो । कार्यक्रममा कक्षा ८ देखि १० सम्मका १४० जना विद्यार्थीको सहभागिता रहेको थियो । सो कार्यक्रममा विद्यार्थीले राखेका जिज्ञासा निरीक्षक रिजालले सम्बोधन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>