चितवन विशेष

भरतपुर विमानस्थलमा पनि हवाई इन्धनको स्टेसन राखिने

Banner

चितवन,मंसिर १८- 

हवाई इन्धन भर्ने रिफ्युलर स्टेसन नहुँदा जहाज कम्पनीलाई समस्या भइरहेको अवस्थामा नेपाल आयल निगमले चितवनको भरतपुर विमानस्थल र जुम्ला विमानस्थलमा पनि हवाई इन्धन सेवा दिने तयारी गरेको छ। नेपाल आयल निगमले ती विमानस्थलमा उडानको चाप र आवश्यकतालाई मध्यनजगर गरेर रिफ्युलर स्टेसन स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो।

भरतपुर विमानस्थल र जुम्ला विमानस्थलमा हवाई इन्धन सेवा दिने गृहकार्य भइरहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए। ‘छिट्टै यी दुई विमानस्थलमा रिफ्युलर स्टेसन स्थापना गर्ने तयारी गरेका छौं,’ थानीले भने, ‘जहाजको सहजताका लागि यस्तो निर्णयमा पुगेका हौं।’

अहिले भरतपुर र जुम्ला विमानस्थलमा उडान गर्ने जहाजहरूले फर्किँदा आवश्यक पर्ने हवाई इन्धन उडान भर्ने सुरुको विमानस्थलबाट लिएर जानुपर्ने बाध्यता छ। भरतपुर उडान भर्ने विमानले काठमाडौंबाट र नेपालगन्जदेखि जुम्ला उडान भर्ने विमानले नेपालगन्जबाटनै इन्धन लिएर जानुपर्ने बाध्यता छ। हवाई इन्धन सेवा सुरु गरे पछि विमान कम्पनीहरुले यो समस्याबाट मुक्ति पाउने छन्। नेपाल आयल निगम लिमिटेडले आइतबार मात्र बाराको सिमरा विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउने गरी रिफ्युलर स्टेसन स्थापना गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>