चितवन विशेष

पूर्वी चितवन पत्रकार मञ्चको अध्यक्षमा सापकोटा

Banner

चितवन, मंसिर १८-

पूर्वी चितवन पत्रकार मञ्चको अध्यक्षमा पत्रकार होमनाथ सापकोटा चयन भएका छन् । सोमबार सम्पन्न मञ्चको विशेष अधिवेशनले आगामी कार्यकालको लागि सापकोटाको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

मञ्चको उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा महेश पाण्डे, सहसचिवमा निरुता विक र संजय चौधरी, कोषाध्यक्षमा रामेश्वर रिजाल र सदस्यहरुमा सन्तोष बस्ताकोटी, सागर ढुंगाना, राजनदिल गुरुङ, गोपाल विश्वकर्मा, तिलक थापा, सुमन पौडेल चयन भएका छन् ।

अग्रज पत्रकार केशव भट्टराई संयोजक, कविकिरण न्यौपाने, विलबहादुर अधिकारी र रवि रोषी सदस्य रहेको निर्वाचन समितिले मञ्चको सर्वसम्मत समिति चयन गराउन सफल भएको हो ।

निर्वाचन समितिका संयोजक भट्टराईले नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले पत्रकारितालाई मर्यादित बनाउदै पेशागत सुरक्षाको लागि संगठित भएर अगाडि बढ्न आग्रह गरे । मञ्चका अध्यक्ष रविलाल भट्टको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष प्रकाश ज्ञावलीले पछिल्लो समय पेशागत सुरक्षाको विषय पेचिलो बन्दै गएको भन्दै सम्भावनाको खोजी गर्दै पत्रकार अगाडि बढ्नु पर्ने बेला आएको बताए ।

त्यस्तै नवनिर्वाचित अध्यक्षमा सापकोटाले पूर्वी चितवन पत्रकार मञ्चलाई थप उचाइमा पुर्‍याउन प्रतिबद्धता व्यक्ति गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>