अर्थ

सुनको भाउमा नयाँ रेकर्ड: तोलाको एक लाख २० हजार ८ सय

Banner

काठमाडौं, मंसिर १७-

एकै दिन सुनको मूल्य १८ सयले बढेर तोलाकै एक लाख २० हजार नाघेको छ ।

बुधवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८ सय रुपैयाँ कायम भएको हो । जहाँ यसअघि प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ हालसम्मकै उच्च मूल्य थियो ।

त्यस्तै अघिल्लो दिन शुक्रवार मात्रै प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बढेर एक लाख २० हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी आज चाँदी तोलामा हालसम्मकै उच्च एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>