चितवन विशेष

कैलाश युथ क्लवको चियापन, भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

Banner

चितवन, मंसिर १६ –
भरतपुर भहानगरपालिका ११ मा रहेको कैलाश युथ क्लवले चियापन, भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । आज (शनिबार) बिहान कैलाश मन्दिर परिसर भएको कार्यक्रममा क्लबलाई योगदान पु¥याउने दुई जनालाई क्लबले सम्मान गरेको छ । सम्मानित हुनेमा सन्दीप अधिकारी, तुलसी तिमिल्सिना रहनुभएको छ ।
कार्यक्रममा भरतपुर ११का वडाध्यक्ष कमल बहादुर मल्ल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा फुटबल संघ चितवनका अध्यक्ष श्री कृष्ण कार्की, समाजसेवी तथा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाइवी) भरतपुर महानगर खेलकुद संयोजक बिकाश श्रेष्ठ, विभिन्न ५ टोल बिकाश सस्था अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । क्लबका अध्यक्ष सबिन अधिकारीको अध्यक्षतामा कार्यक्रम समपन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>