अटो

चितवन अटोमोबाइल एशोसिएसनले बनायो दुई वर्षे कार्ययोजना

Banner

चितवन, मंसिर १६ –

चितवन अटोमोबाइल एशोसिएसनले दुई वर्षे कार्ययोजना तयार गरेको छ ।

धादिङको सिद्धलेक गाउँपालिका वडा–४ स्थित रिवर पार्क बिच रिसोर्टमा सञ्चालित दुई दिने गोष्ठीमा सो कार्ययोजना निर्माण गरेको हो ।

कार्ययोजनामा दुई वर्षे कार्यकालमा गरिने कार्यक्रमलाई लिपिबद्ध गरिएको छ । कार्यक्रममा चितवन अटोमोबाइल एशोसिएसनका पूर्वअध्यक्ष भिमलाल न्यूरेले व्यवसायीहरुले नाफा घाटामा मात्र कार्य नगरी सामाजिक उत्तरदायित्का कार्यहरु गर्नुपर्ने बताउँदै गोष्ठीको सफलताको कामना गरे ।

कार्यक्रममा चितवन अटोमोबाइल एशोसिएसनका अध्यक्ष कुलबहादुर क्षेत्रीले कार्ययोजना तर्जुमा गोष्ठीको बारेमा जानकारी गराउँदै उनले चितवन अटोमोबाइल एशोसिएसनको उद्देश्यकाबारेमा जानकारी गराएका थिए । कार्यक्रममा अटोमोबाइल एशोसिएसनका प्रथम उपाध्यक्ष राजेन्द्र भट्टराईले कार्यक्रममा उपस्थित सवैलाई स्वागत गर्दै आगामी दुई वर्षमा संस्थाद्धारा गरिने कार्ययोजना निर्माण गर्ने कार्यक्रम भएकाले सबै कार्यगत समितिलाई आ–आफ्ना योजना ल्याउन अनुरोध गरे ।

गोष्ठीमा चितवन अटोमोबाइल एशोसिएसनका पूर्वअध्यक्ष पुष्पलाल श्रेष्ठले गोष्ठीको समापन गर्दै दुई दिन लगाएर बनाएको योजना पूर्णरुपमा कार्य सम्पन्न गर्न सबै समितिलाई अनुरोध गरे । संघका पूर्वअध्यक्ष एवम् साकोसका अध्यक्ष कृष्णप्रसाद काफ्लेले यो कार्ययोजना कार्यान्वयन गर्न एशोसिएसन साकोसले सहयोग गर्ने बताए ।

चितवन अटोमोबाइल एशोसिएसनका अध्यक्ष कुलबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्ययोजना तर्जुमा गोष्ठीमा उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले सहजकर्ताको भूमिका निर्वाह गरेका छन् । कार्यक्रममा स्रोत व्यक्ति केसीले कार्ययोजना तर्जुमा गनुपर्ने कारण र कार्ययोजना गर्ने तरिका, कार्ययोजना गराएर काम गर्दा संघको विधानमा उल्लेखित उद्देश्य पूर्ति गर्न सकिने बताए । कार्ययोजना गोष्ठीमा उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सहयोग गरेका थिए ।

चितवन अटोमोबाइल एशोसिएसनका सहकोषाध्यक्ष विवस पियाको संयोजनमा भएको कार्यक्रममा चितवन अटोमोबाइल एशोसिएसनका पूर्वअध्यक्ष एवम् उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य ज्ञानुप्रसाद न्यौपाने, चितवन अटोमोबाइल एशोसिएसनका पूर्वअध्यक्षज्यूहरु पुष्पलालश्रेष्ठ, महसुर पिया, भिमलाल न्यूरे, बालकृष्णकँडेल, कृष्णप्रसाद काफ्ले, अमृत जोशी, निवर्तमानअध्यक्ष कृष्णप्रसाद भण्डारी, सल्लाहकार कृष्णकुमार तिवारीलगायत कार्यसमिति, पदाधिकारी, विभिन्न कार्यगत समितिका संयोजक एवम् समिति सदस्यहरु गरी ७० जनाको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>