अन्तर्राष्ट्रिय

भारतमा हावाको गुणस्तर सुधार भएपछि प्रतिबन्ध हटाइयो

०
Banner

मंसिर १५-

भारतीय राजधानीमा बुधवार हल्का वर्षा र हावाको गति बढेका कारण वायुको गुणस्तरमा उल्लेखनीय सुधार आएसँगै प्रतिबन्ध हटाइएको छ । एयर क्वालिटी इन्डेक्स(एक्युआई) ३६५ बाट २५८ मा झरेको छ ।

अधिकारीहरूले सम्पूर्ण राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा ग्रेडेड रेस्पोन्स एक्शन प्लान (जीआरएपी) अन्तर्गत अब दिल्ली र गुरुग्राम, फरीदाबादको वरपरका क्षेत्रहरूमा विशेष प्रकारका सवारी साधनहरूमा प्रतिबन्ध लगाइएकोमा अब छुट दिइएको बताए ।

सरकारले नोभेम्बर २ मा शुरु गरेको यसअघिका कार्यहरूमा निर्माण र खानी जस्ता विभिन्न प्रदूषण निम्त्याउने गतिविधिहरू रोकिएको थियो । यद्यपि यी प्रतिबन्धहरू हटाइएपछि यी गतिविधिहरू पुनः सुरु हुने बताइएको छ । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>