देश/प्रदेश

आफ्नै कोठामा र शरिरमा आगो लगाउने महिलाको मृत्यु

Banner

जनकपुरधाम, मंसिर १५-

बारामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका ७ बस्ने ५५ वर्षीया श्रीमती विन्दा देवीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय सिमराका डिएसपी प्रदीप क्षेत्रीका अनुसार मानसिक अवस्था ठीक नरहेकी महिलाले हिजो बेलुका ८ बजेतिर आफ्नै कोठामा शरिरमा आगो लगाएकी थिन् । घरपरिवारले थाहा पाएपछि उद्धार गरी घाइते अवस्थामा उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पताल भर्ना गरिएको थियो ।

गम्भीर अवस्थामा रहेकी उनको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी क्षेत्रीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area