क्रिकेट

नेपाल र भारतबीच दृष्टिविहीन महिला क्रिकेट सिरिज हुने

Banner

काठमाडौं, मंसिर १५-

नेपाल र भारतको महिला दृष्टिविहीन क्रिकेट टोलीबीच ५ खेलको सिरिज हुने भएको छ । भारतको मुम्बईमा यही मंसिर २५ देखि २९ गतेसम्म हुने सिरिज टी-२० फर्म्याटमा हुने छ ।

त्यो सिरिजका लागि मंसिर ६ देखि १४ सम्म समावेशी क्रिकेट प्रशिक्षण केन्द्र ललितपुरको लेलेमा बन्द प्रशिक्षण भइसकेको नेपाल नेत्रहीन क्रिकेट संघले जनाएको छ ।

आजदेखि ५ दिनसम्म मूलपानी क्रिकेट मैदानमा थप प्रशिक्षण हुनेछ। त्यसक्रममा कास्की, म्याग्दी, सिन्धुपाल्चोक, काठमाडौं तथा राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीबीच नेत्रहीन क्रिकेट प्रतियोगितामा पनि हुने संघले जनाएको छ ।

संघले भारतसँग खेल्नका लागि १६ खेलाडीको सुची समेत सार्वजनिक गरेको छ । टोलीमा प्रतिभा राई, माया लुंगेली, मुना अर्याल, पुनम चौधरी, सिर्जना परियार, गीता पौडेल, कान्ति योगी, सरिता घिमिरे, सीता चौधरी, मनकेसी चौधरी, विमला राई, निशा चौधरी, दिल्लीसरा धमला, उजेली चौधरी, विनिता पुन छन् ।

प्रमुख प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षकमा नहेन्द्र निरौला, व्यवस्थापकमा ज्योति केसी, पवन घिमिरे र सागर लामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area