अर्थ

बिकेनन् दशैँका च्याङ्ग्रा, खाद्यले निकाल्यो लिलामीको सूचना

०
Banner

काठमाडौं, मंसिर १५–

दशैँका लागि ल्याएको च्याङ्ग्रा नबिकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिलामीको सूचना निकालेको छ। कम्पनीले आज च्याङ्ग्रा बिक्री सम्बन्धी गोप्य सिलबन्दी दरभाउको आह्वान गरेको हो।

स्थायी लेखा नम्बर (प्यान) इजाजत प्राप्त इच्छुक फर्म, संस्था, कम्पनी वा व्यक्तिले गोप्य सिलबन्दी दरभाउपत्र पेश गर्न सक्ने सूचनामा उल्लेख छ। जिउँदो च्याङ्ग्राको बोलपत्र धरौटी रकम ७५ हजार रुपैयाँ तोकिएको छ। प्रतिकेजी एक हजार १२५ रुपैयाँ न्युनतम कबोल दर राखिएको छ। यही मंसिर २९ गते सम्म दरभाउ पत्र खरिद गरी पुस १ गते दिउँसो १२ बजेभित्र पेश गरिसक्नुपर्ने सूचनामा उल्लेख छ।

पेश भएका दरभाउ पत्र पुस १ गते दिउँसो २ बजेपछि खोलिने जनाइएको छ। थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका खरिद गरेको च्याङग्रा अझै ९० वटा बाँकी छन्। कम्पनीले पटक पटक मूल्य घटाउँदा पनि बिक्री नभएपछि लिलामी बिक्री गर्न लागेको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>