समाचार

प्रहरीले चलायो दुर्गा प्रसाईंका ८ जना कार्यकर्ता विरुद्ध मुद्दा

Banner

काठमाडौं, मंसिर १२-
राजतन्त्र पुनर्स्थापनाको अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनमा पक्राउ परेका ८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ। सोमबार पक्राउ परेका १८ जनामध्ये ८ जनाविरुद्ध मुद्दा चलाइएको हो। ८ जनामध्ये ५ जनालाई सार्वजनिक शान्ति विरुद्धको कसुर र ३ जनालाई अभद्र व्यवहारको मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका श्रीनिवास आचार्य, सुजन खड्का, मेहरमान बस्नेत, दिपेश खड्का र अनिल गुरुविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर र मनोज थापा, बिनन्जय थापा र निकेश बास्तोला विरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको हो। राजतन्त्र पुनर्स्थापनाको माग दुर्गा प्रसाईं एक सातादेखि विभिन्न स्थानमा आन्दोलन गर्दै आएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>