काठमाडौँ

आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईंलाई प्रहरीले बाटैबाट फर्कायो

०
Banner

काठमाडौं, मंसिर १२-

मेडिकल व्यवसायी दुर्गा प्रसाईं मङगलबार आफ्नो समूहको आन्दोलनमा आउँदै गर्दा प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको छ । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई आन्दोलनमा प्रत्यक्ष सहभागी हुन नदिन माथिल्लो निकायको आदेश आएसँगै प्रहरीले मनोहरा पुलमा रोकेर फिर्ता पठाएको हो ।

स्रोतका अनुसार प्रसाईं आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए । पेप्सीकोलातिरको बाटोबाट आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेको हो । त्यहाँ केहीबेर बादविवाद भएको थियो ।

तर, प्रहरीले अगाडि जान निषेध गरिएको बताएपछि तीनवटै गाडी फर्काइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>