अन्तर्राष्ट्रिय

भारतमा चट्याङ र मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

०
Banner

गुजरात, मंसिर १२-

चट्याङ र मुसलधारे वर्षाका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । पश्चिमी गुजरातमा कयौँ घरमा क्षति पुगेको छ भने पशु चौपायाहरू पनि मारिएका छन् ।

मौसमविद्हरूले जाडो महिनामा गुजरातमा आँधीबेहरी अस्वाभाविक भएको बताएका छन् । मुसलधारे वर्षाले सबैलाई चकित बनाएको उनीहरूको भनाई छ ।
आकस्मिक बाढी र चट्याङबाट भारतमा हरेक वर्ष हजारौँको मृत्यु हुने गरेको छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनले यस्ता मौसमी घटनामा वृद्धि भएको बताएका छन् । मृत्यु भएका २४ मध्ये १८ जनाको चट्याङ लागेर मृत्यु भएको आइतबार राति जारी विज्ञप्तिमा भनिएको छ ।

गुजरात राज्यमा आइतबार र सोमबार मुसलधारे वर्षा हुनुका साथै असिनासमेत परेको थियो । केही क्षेत्रमा २४ घण्टाको अन्तरालमा १४४ मिलिमिटरसम्म वर्ष भएको थियो ।

भारतमा अप्रिल २०२० देखि मार्च २०२१ को बिचमा १.८ करोड पटक चट्याङ परेको एक अध्ययनले देखाएको थियो । सरकारी तथ्याङ्क अनुसार सन् १९६७ देखि २०१९ को बिचमा भारतमा चट्याङ लागेर १ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>