समाचार

चितवन नारायणी महोत्सवमा आज आस्था राउत र बलराम सरकार आउने

०
Banner

चितवन, मंसिर १२-

नारायणी नदी किनारमा जारी चितवन नारायणी महोत्सवमा आज गायिका आस्था राउत र जादुगर बलराम सरकारको विशेष प्रस्तुती रहने भएको छ ।

महोत्सवको सातौँ दिन आज राउत र बलराम सरकारसँगै कलाकारहरु उर्गेन डोङ, रितु कँडेल र मदन विस्ट आउने आयोजकले जानकारी दिएको छ ।

लागुऔषध विरुद्धको अभियानका लागि रिकभरिङ युनाईटेड प्रालि र औद्योगिक शान्ति नेपालले महोत्सव आयोजना गरेका हुन् । महोत्सव मंसिर १६ गतेसम्म चल्ने छ ।

महोत्सवमा २८० वटा स्टलहरु रहेको रिकभरिङ युनाईटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठले बताए । उनका अनुसार महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्यलाई ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>