समाचार

बर्दियामा बाघले आक्रमण गर्दा एकजना भारतीय नागरिक गम्भीर घाइते

०
Banner

बर्दिया, मंसिर १२–

बारबर्दिया नगरपालिका–९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। भारतीय नागरिक ४५ वर्षीय अनिल शर्मा घाइते भएको प्रहरीले जनाएको छ।

उनलाई सोमबार बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो। स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>