क्रिकेट

कुशल मल्लको अलराउन्ड प्रदर्शन, आर्मीले ११० रनको जित निकाल्यो

Banner

काठमाडौं, मंसिर ११-

केपी ओली टी-२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मदन भण्डारी स्पोर्ट्स एकेडेमीको निलोलाई पराजित गरेको छ । सोमबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीको निलो टिमलाई ११० रनले पराजित गरेको हो ।

समूह ‘डी’ को यो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ६ विकेटको क्षतिमा १९५ रन जोड्यो। आर्मीका लागि सन्तोस कार्कीले ४१ रन र कप्तान विनोद भण्डारीले ३८ रन जोडेका थिएभने कुशल मल्लले २१ बलमा ३ छक्काको मद्दतमा २५ रन र विवेक यादवले १२ बलमा ३ चौका र २ छक्काको मद्दतमा नटआउट २९ रन जोडेका हुन् । बलिङमा मदन भण्डारीका मोहील श्रेष्ठले २ विकेट लिए।

त्यस्तै १९६ रनको लक्ष्य पछ्याएको मदन भण्डारी १५.४ ओभरमा ८५ रन जोडेर अलआउट भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>