देश/प्रदेश

खुकुरी प्रहारबाट ताप्लेजुङ अनेरास्ववियु सह-संयोजक बानियाँ घाइते

Banner

काठमाडौं, मंसिर ११-

ताप्लेजुङमा नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका जिल्ला सह-संयोजक माथि खुकुरी प्रहार भएको छ। आज (सोमबार) बिहान फुङलिङ नगरपालिका-४ पाथीभरा होटल नजिकै सह-संयोजक विवेक बानियाँमाथि खुकुरी प्रहार भएको हो।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी ऋषिराम कंडेलका अनुसार बानियाँमाथि सोही होटल नजिक बस्ने ३२ वर्षीय प्रेमराज लिम्बूले खुकुरी प्रहार गरेका हुन् । पुरानो लेनदेनको विषयमा लिम्बूले खुकुरी प्रहार गर्द बानियाँको दाहिने घुँडामा चोट लागेको छ। उनलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङमा लगिएको छ। प्रहरीका अनुसार उनी बोल्न सक्ने अवस्थामा छन्। प्रेमराज लिम्बू घटनापछि फरार छन्। प्रहरीका अनुसार फरार रहेका लिम्बूको गरिएको प्रहरीले बताए ।

त्यस्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले यसमा संलग्न व्यक्तिमाथि कारबाही गर्न माग गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>