क्रिकेट

अविनाशले गरे प्रेमिका प्रतिज्ञासँग इन्गेजमेन्ट

०
Banner

काठमाडौं, मंसिर १२-

नेपाली राष्ट्रिय टिमका तीव्र गतिका बलर अविनाश बोहोराले प्रेमिका प्रतिज्ञा खनालसँग इन्गेजमेन्ट गरेका छन् । केही समय अघिदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले नागार्जुन सितापाइलास्थित प्रतिज्ञाको निवासमा इन्गेजमेन्ट गरेका हुन् ।

अविनाश राष्ट्रिय टिममा टी–२० फर्म्याटका डेथ ओभर स्पेसलिस्टको रुपमा चर्चित बलर हुन् ।

उनले २०१९ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । घरेलुमा भने उनी एपीएफ क्लबबाट खेल्छन् । प्रतिज्ञा भने केही समयअघिदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएकी छिन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>