क्रिकेट

गुजरातको नयाँ कप्तानमा शुभमन गिल

०
Banner

काठमाडौं, मंसिर ११-

युवा ब्याटर शुभमन गिल गुजरात टाइटन्सको नयाँ कप्तान बनेका छन् ।

इन्डियन प्रिमियर लिग आईपीएलको आगामी सिजनका लागि गुजरातले गिललाई कप्तान नियुक्त गरेको हो ।
यसअघिका कप्तान हार्दिक पाण्ड्या मुम्बई इन्डियन्समा ट्रेड भएपछि गुजरातले २४ वर्षीय गिललाई नयाँ कप्तान बनाएको हो ।

हार्दिकको कप्तानीमा गुजरातले २०२२ मा आईपीएलको उपाधि जितेको थियो भने २०२३ मा पनि फाइनल पुगेको थियो ।

सन् २०१८ मा कोलकता नाइट राइडर्सबाट आईपीएलमा डेब्यू गरेका गिल २०२१ मा कोलकताबाट रिलिज भएका थिए । त्यसपछि उनलाई नयाँ फ्रेन्चाइज गुजरातले लिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>