अन्तर्राष्ट्रिय

देशभित्रै विवाह उत्सव मनाउन मोदीको आग्रह

०
Banner

भारत, मंसिर ११-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवाह उत्सव स्वदेशमै मनाउन आग्रह गरेका छन् । पछिल्लो समय विवाह गर्न विदेश जाने चलन चिन्ताजनक भएको बताउँदै उनले देशको पैसा स्वदेशमै रहोस् भन्दै आफ्नै मुलुकमा विवाह उत्सव मनाउन आग्रह गरेका हुन् ।

आइतबार रेडियोबाट प्रशारित कार्यक्रम ‘मनको कुरा’मा मोदीले विवाहको किनमेल गर्दा मानिसले आफ्नै देशभित्र उत्पादित सामग्रीलाई महत्त्व दिनुपर्ने बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

उनले भने, “विवाहको सिजन सुरु भएको छ, यो विवाहको सिजनमा करिब पाँच लाख करोड रुपैयाँ (भारु) को व्यापार हुन सक्ने केही व्यवसायी संगठनको अनुमान छ । विवाहमा किनमेल गर्दा तपाईं सबैले भारतमा बनाइएका उत्पादनलाई महत्त्व दिनुपर्छ ।”

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>