खेलकुद

केपी ओली कप: ८ विकेटले मधेस प्रदेशले सुदूरपश्चिमलाई हरायो

Banner

पोखरा, मंसिर ११-

पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिम टीमलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा ८ विकेटले मधेस प्रदेशले सुदूरपश्चिमलाई पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको ५८ रनको सामान्य लक्ष्य पछ्याएको मधेसले ४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

मधेसका ओपनर अनिल शाहले २५ रनको विष्फोटक इनिङ खेले । ११ बल खेलेका शाहले ३ चौका र २ छक्का प्रहार गरे । इम्रान शेखले ९ बलमा १७ र पवन सराफले ५ बलमा अविजित १७ रन बनाए । बलिङमा सुदुरपश्चिमका गजेन्द्र बोहराले २ विकेट लिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area