अन्तर्राष्ट्रिय
क्रिकेट कप्तान शाकिब अल हसन संसदीय चुनाव लड्दै
०

काठमाडौँ, मंसिर ११-
बंगलादेशी क्रिकेट टिमका कप्तान संसदीय चुनाव लड्ने भएका छन् । बंगलादेशको सत्तारुढ दल अवामी लिगले शाकिब अल हसनलाई सांसदमा उठाउने भएको हो ।
ढाका ट्रिब्युनका अनुसार अवामी लिगले शाकिबलाई उनकै गृहनगर मगुरा-१ क्षेत्रबाट सांसदमा उठाउने निर्णय गरेको छ । आइतबार पार्टी महासचिव ओबैदुल कादेरले एक पत्रकार सम्मेलनमा उम्मेदवारको सूची सार्वजनिक गरेका हुन् । यसअघि बंगलादेशका पूर्वकप्तान मशरेफे मुर्तजा पनि गत चुनावमा सांसदमा निर्वाचित भएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























