देश/प्रदेश
बुवाको हत्या गरेको आरोपमा २३ वर्षीया छोरा पक्राउ
०

काठमाडौं, मंसिर ११-
बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। झापाको कमल गाउँपालिका(४ बस्ने अन्दाजी ४५ वर्षीय भोलाकुमार तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा आशिषलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार आशिषले आफ्ना बुवा भोलाकुमारमाथि कराइ र दाउ प्रहार गरी हत्या गरेका हुन्। मृतक भोलाकुमारको टाउको र खुट्टामा चोट लागेको छ।
उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा लगिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























