समाचार

मान्छे खाने बाघ समाउँदा आडैमा भेटियो अर्को मान्छेको शव

०
Banner

चितवन, मंसिर ११-

मान्छे खाने बाघलाई समाउन गएको चितवन राष्ट्रिय निकुञ्जको टोलीले अर्काे मान्छेको शव पनि फेला पारेको छ । राप्ती नगरपालिका–१ दुबिचौरका ४३ वर्षीय हरि पौडेललाई शुक्रबार बाघले आक्रमण गरी मारेको थियो । सोहि बाघलाई निकुञ्जको टोलीले आइतबार समाउँदा बाघको आडैमा अर्काे व्यक्तिको पनि शव फेला पारेको हो ।

दुविचौरनजिकैको मकवानपुर जिल्ला मनहरी गाउँपालिका–६ मा पर्ने निकुञ्जको मध्यवर्ती क्षेत्र जोगीतालमा घाँस काट्न गएका पौडेललाई बाघले आक्रमण गरेको थियो । उक्त घटनापछि बाघलाई नियन्त्रणमा लिन निकुञ्जको टोली खटिएको थियो । मान्छे मार्ने बाघ आइतबार राति पौने ९ बजेतिर नियन्त्रणमा आएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।

तिवारीका अनुसार बाघको आडैमा भेटिएको अर्काे शवको कम्मरदेखि माथिल्लो भाग छैन । अन्दाजी १८÷२० वर्षको युवकको शव भएको अनुमान गर्न सकिने चितवन राष्ट्रिय निकुञ्जको लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोले बताए ।

‘शुक्रबार घटना भएकै दिनदेखि गाउँका एक जना युवक हराइरहेका छन् । शरीरको माथिल्लो भाग छैन । तल्लो भागको कपडा र अन्य संकेतका आधारमा पहिचान गर्न खोजिँदैछ । अन्य परिष्कृत विधिको पनि सहारा लिइन्छ,’ अध्यक्ष स्याङ्बोले भने ।

तस्बिर : मानबहादुर स्याङ्बो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>