चितवन विशेष

चितवनमा भोलिदेखि लेडी जेसीज कप महिला फुटबल हुँदै

Banner

चितवन, मंसिर ४-
चितवनमा मंसिर ५ गते भोलि (मंगलबार)देखि सुरु हुने लेडी जेसीज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । नारायणगढ लेडी जिसीजको आयोजना तथा चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

नेपाल प्रहरी शिक्षालयको मैदानमा मंसिर ९ गते गतेसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण तयारी पुरा भएको नारायणगढ लेडी जिसीजकी अध्यक्ष सुस्मिता श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको नेपाल प्रहरी शिक्षालय प्रमुख प्रहरी नायव महानिरिक्षक दुर्गा सिंहले उद्घाटन गर्ने श्रेष्ठले बताउनुभयो ।

आठ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार गोकर्णेश्वर नगरपालिका काठमाडौं र अभिषेक चर्च रजहर भिड्नेछन् । दुबै टोली राष्ट्रिय खेलाडीसहित मैदान उत्रिने तयारीमा रहेकोले खेल रोमान्चक हुने अपेक्षा गरिएको छ । खेल दिउँसो २ बजे हुनेछ ।

प्रतियोगितामा चितवन ११, अभिषेक चर्च रजहर, गैंडाकोट खेलकुद बिकास समिति, बागमती गाउँपालिका मकवानपुर, रौतहट महिला फुटबल एकेडेमी, गोकर्णेश्वर नगरपालिका काठमाडौं, अल स्टार्स स्पोर्टस एकेडेमी धनगढी र बागमती युवा क्लब सर्लाही सहभागी छन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले जनही १०(१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दर्शकका लागि सेमिफाइनलसम्मलाई ५० तथा फाइनलका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>