देश/प्रदेश

कोशी सरकारबाट १९ दिनमै बाहिरिएको एमालेले समर्थन फिर्ता नलिने

Banner

विराटनगर, कात्तिक २०-

कोशी सरकारबाट बाहिरिएको नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने निर्णय गरेको छ ।

सोमबार विराटनगरस्थित प्रदेशसभा भवनमा बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट फिर्ता भएपनि समर्थन भने जारी राख्ने निर्णय गरेको हो ।

एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारलाई दिएको समर्थन तत्काललाई फिर्ता नलिने र प्रमुख प्रतिपक्षी दलका रूपमा प्रदेशसभा बैठकमा बस्ने निर्णय भएको जानकारी दिए ।

एमालेका ३९ जना प्रदेश सांसदको समर्थनमा कोशी प्रदेशमा केदार कार्की नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>