देश/प्रदेश

भूकम्पले नापी कार्यालयको भवन भत्काउँदा २५ वर्षीया अमिन एलिनासहित भाईको मृत्यु

०
Banner

सुर्खेत, कात्तिक १८-

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोटको नापी कार्यालयमा कार्यारत एलिना भण्डारीको मृत्यु भएको छ ।

जाजरकोटको नापी कार्यालयमा पोष्टिङ्ग भएको एक वर्ष नपुग्दै अमिन पदमा कार्यरत २५ वर्षीया भण्डारीको शुक्रवार भूकम्पमा परी मृत्यु भएको हो । भण्डारीसँग उनका भाइ प्रज्वलको पनि भूकम्पमा परी ज्यान गएको छ ।

दैलेखको दुल्लु नगरपालिका वडा-६ निवासी भण्डारी भाईसहित कार्यालयको क्वाटरमा बस्दै आएका थिए । कार्यालय नै भूकम्पले भत्काउँदा उनीसँगै उनका भाइको मृत्यु भएको हो ।

दैलेखको घरमा विद्यालय नजिक नहुँदा र पढाइ राम्रो नुहुँदा भण्डारीले भाइलाई आफूसँगै राखेको पढाउने गरेको थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>