देश/प्रदेश

काठमाडौंबाट जाजरकोट र रुकुम पश्चिम जान निःशुल्क ४ वटा बसको व्यवस्था

०
Banner

काठमाडौं, कात्तिक १८-

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको पहलमा जाजरकोट र रुकुम पश्चिम जान चाहनेका लागि पूर्व अरनिको यातायात समितिले आजका लागि निःशुल्क बस सञ्चालन गर्ने घोषणा गरेको छ ।

जाजरकोट र रुकुम पश्चिम जान चाहनेका लागि पूर्व अरनिको यातायात समितिले आजका लागि निःशुल्क बस सञ्चालन गर्ने घोषणा गरेको छ ।

काठमाडौँको कोटेश्वर–जडीबुटीमा रहेको अरनिको बसपार्कबाट आज दिउँसो ४ बजेसम्म पुग्ने रुकुम पश्चिम र जाजरकोट बासीका लागि निःशुल्क बस सेवा दिन लागिएको पूर्व अरनिको यातायात समितिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका व्यक्ति आर्थिक अभावले घर जान नसकेको अवस्था भए सम्पर्क गर्न पनि पूर्व अरनिको यातायातले आग्रह गरेको छ ।

उनले भने– ‘आज दिउँसो ४ बजेसम्म जडीबुटीमा रुकुम पश्चिम र जाजरकोटका जति जना आउनुहुन्छ यहाँहरूका लागि चाहे जति बस उपलब्ध गराउने व्यवस्था गरेका छौँ । उहाँहरू आज ४ बजेसम्म जडीबुटी आइपुग्नुपर्ने छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको अनुरोधमा हामीले ४ वटा बस तयारी अवस्थामा राखेका छौँ । ती बसले पुगेन भने अरू बस पनि थप गर्नेछौँ ।’

जाजरकोट र पश्चिम रुकुममा हिजो राती आएको भूकम्पमा परेर अहिलेसम्म १३५ जनाले ज्यान गुमाइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>