घटना -दुर्घटना

हमासको आक्रमणमा परी ज्यान गुमाएका आनन्दको शव ल्याउन ढिलाइ गरेको भन्दै सपहीमा प्रदर्शन

Banner

जनकपुरधाम, कात्तिक १८-

इजरायल र हमासको आक्रमणमा परी ज्यान गुमाएका आनन्द साहको शव ल्याउन ढिलाइ गरेको भन्दै सपहीमा प्रदर्शन गरिएको छ ।

धनुषा लक्ष्मीनियाँ गाउँपालिकाका–४ का सपहीका साहको शव ल्याउन ढिलाइ गरेको भन्दै शनिबार स्थानीयहरूले जनकपुरधाम–ढल्केवर सडकखण्ड अन्तर्गत सपहीमा प्रदर्शन गरेका हुन् ।

शुक्रबार नै आइपुग्ने भनिएको उनको शव अहिलेसम्म नआएको भन्दै उनीहरूले प्रदर्शन गरेको बताइएको छ । उनको शव आज बिहान ९ बजे सपही नै आइपुग्ने भनिएको थियो । तर, जाजरकोटमा गएको भूकम्पको कारणले नेपाली सेनाको हेलिकप्टरले उद्धारमा खटेको कारण शव नआइपुग्दा स्थानीयहरूले सडक अवरुद्ध गरेका हुन् । करिब एक घण्टादेखि उनीहरूले सडकमा प्रदर्शन गरिरहँदा आवतजावत अवरुद्ध भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>