कर्णाली

रुकुम र जाजरकोट सडकमार्गमा ठाउँठाउँमा पहिरो

Banner

काठमाडौं, कात्तिक १८-

गएराति गएको भूकम्पले रुकुम र जाजरकोट सडकमार्गका विभिन्न सडकखण्डमा साना पहिरोहरु खसेका छन् । कतिपय सानो पहिरो पन्छाइसकिएको छ भने कति पहिरो हटाउने काम भइरहेको छ ।

सडक विभागका अनुसार जाजरकोटको रिम्नास्थित भेरी नदीको पुलको एप्रोच स्लाबमा क्षति भएको जानकारी आएको छ । रिम्ना नजिकै तीनवटा सुख्खा पहिरोले अवरुद्ध सडक खुलाउने काम भइरहेको सडक विभागले जनाएको छ ।

एउटा पहिरो हटाइसकेको र भेरी कोरिडरमा चाँडै यातायात खुल्ने सुपरिटेन्डेन्ट इन्जिनियर श्याम खडकाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>