गण्डकी

भूकम्प प्रभावित क्षेत्रमा गण्डकी सरकारले पठायो स्वास्थ्यकर्मीको टोली

Banner

पोखरा, कात्तिक १८-

गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भूकम्प प्रभावितको उद्धार र उपचारमा सहयोग गर्ने उद्धेश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहितको टोली शनिबार त्यसतर्फ गएको हो ।

प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउने उद्धेश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्रीसहितको टोली पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै उनले जाजरकोट र रुकुम पश्चिममा भएको ठूलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>