राजनीति

नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्ति अहिले शान्तिको कुरा गर्दैछन्: प्रधानमन्त्री

Banner

काठमाडौं, कार्तिक १५-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्ने बताए ।

उनले भने, ‘हिजो कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्ति नै अहिले शान्तिको कुरा गर्दैछन्, जनताको कुरा गर्दैछन् । जनताको भावना भड्काएर परिवर्तन उल्टाउन सकिन्छ कि भन्ने कसैले नसोच्दा हुन्छ । त्यस्ता षड्यन्त्र लोकतान्त्रिक शक्तिहरू मिलेर परास्त गरिन्छ ।’

प्रचण्डले अर्थतन्त्र सङ्कटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको र अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरिएको बताए । अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता भएको उनको भनाइ छ ।

लोकतन्त्रमा सबै प्रस्तावहरूमाथि छलफल, अन्तरक्रिया र संशोधन हुने बताउँदै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेट हेरफेर नभई पारित हुने पद्धति बदल्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>