राजनीति

नेताहरुले देश बेच्न खोजे, मैले कसैको अपमान गरेको छैनः बालेन

Banner

काठमाडौं,कात्तिक १५-

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीको पैसा खाएर बसाएको बैठक आफूले बहिस्कार गरेको बताएका छन् । मंगलबार काठमाडौंमा भएको बैठक बहिस्कार गर्दै बैठकको सभापतित्व गरेका ललितपुरका मेयर चिरिबाबु महर्जनको अपमान गरेको भन्ने समाचार सार्वजनिक भएपछि बालेनले सामाजिक सञ्जालमार्फत् आफूले कसैको अपमान नगरेको बताएका छन् ।

उनले भनेका छन्, “नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नुभएको तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पूरै देश बेच्नुभयो भने पनि काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>