खेलकुद

सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियाले आयोजना गर्ने

Banner

काठमाडौं,कात्तिक १४-

साउदी अरेबियाले सन् २०३४ को विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने निश्चित जस्तै भएको छ । प्रतियोगिता आयोजनाको अर्को दाबेदार रहेको अस्ट्रेलियाले मंगलबार आफ्नो नाम फिर्ता लिएपछि यो स्थिति तयार भएको हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) मा दाबेदारी प्रस्तुत गर्ने औपचारिक समय सकिनु ठीक गाडि फुटबल अस्ट्रेलियाले आफू पछि हट्ने निर्णय गरेको हो । यस्तोमा अब साउदी अरेबिया मात्र एक्लो दाबेदार भएको छ ।

फुटबल अस्ट्रेलियाले भनेको छ, ‘सन् २०३४ को विश्वकप आयोजना दाबी नगर्ने अहिले निर्णय गरेका छौं ।’ अस्ट्रेलियाले सन् २०२६ को एएफसी वुमेन्स कप र सन् २०२६ को क्लब वर्ल्डकप आयोजनामा आफू केन्द्रित हुन चाहेको बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>