खेलकुद

मेसीलाई कीर्तिमानी आठौं पटक बालोन डी’ओर अवार्ड

Banner

काठमाडौं, कात्तिक १४-

अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लिओनल मेसीले आठौं पटक बालोन डी’ओर अवार्ड जितेका छन्। गत वर्ष कतारमा भएको विश्वकपको उपाधि आफ्नो देशलाई जिताउन मद्दत गरेपछि पेरिसमा आयोजित एक समारोहमा ३६ वर्षीय मेसीलाई बालोन डीुओर अवार्डले सम्मान गरियो।

मेसीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जितेका हुन्। विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ को हारमा ह्याट्रिक गर्ने दोस्रो व्यक्ति बनेका फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए।

अवार्डपछि मेसीले भने, ‘यस क्षणको मजा लिन यहाँ आउन पाउँदा खुसी लागेको छ। बालोन डीओरले वर्षको उत्कृष्ट फुटबलरलाई मान्यता दिन्छ र विश्वभरका १०० पत्रकारहरूले मतदान गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>