Breaking News

प्रचण्ड–माधवहरु अराजकतावादी बनेपछि संसद विघटन गरिएको हो: बादल

Banner

पोखरा, कात्तिक १३-

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले प्रचण्ड–माधवहरु अराजकतावादी बनेपछि संसद विघटन गरिएको बताएका छन् ।

बादलले सोमबार पोखरामा प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै बादलले प्रचण्ड, माधव र वामदेवहरुमा राजनीतिक रुपमा दक्षिणपन्थी प्रवृत्ति र सांगठनिक रुपमा अराजकतावाद देखापरेपछि उनीहरुलाई परास्त गर्न तत्कालीन अवस्थामा संसद विघटन गरिएको बताएका हुन् ।

लामो समयदेखि सार्वजनिक कार्यक्रममा विरलै देखिने र सुनिने गरेका एमाले उपाध्यक्ष बादलले अर्को प्रसंगमा पोखरामा सम्बोधन गर्दै लेनिनवादको महत्वबारे व्याख्या गरेका छन् ।

पार्टीको गण्डकी प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष बादलले लेनिनवादको प्रयोग एमालेले समाजवाद निर्माणका लागि गर्ने बताए ।

पुरानै माओवादीकालीन शैलीमा प्रशिक्षणमूलक भाषण गरेका बादलले एमालेको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भएकाले अब एमालेकै नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गरिने बताए । उनले भने, ‘नेकपा एमालेले समाज सुहाउँदो कार्यक्रम लिएर जनवादी आन्दोलनको, जनवादी क्रान्तिको नेतृत्व ग¥यो । श्रमजीवी जनताको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न ग¥यो । अब हामी समाजवादी क्रान्तिको फेजमा प्रवेश गरेका छौं । यो भनेको लेनिनवादी समाजवादी क्रान्तिको मोडलमा जाने कुरा हो । हामीले लेनिनवाद मान्ने भनेको समाजवादी क्रान्ति सम्पन्न गर्ने हो ।’

बादलले एमालेको दशौं महाधिवेशनले समाजवादी क्रान्तिको मोडल र कार्यक्रम तय गरेको भन्दै सोहीअनुसार पार्टी पंक्ति अघि बढ्नुपर्ने बताए । उनले समाजवादी क्रान्तिका लागि कृषिमा आत्मनिर्भर बन्नैपर्नेमा जोड दिए ।

उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा एमालेले अघि सारेको भन्दै समाजवादी क्रान्ति सम्पन्न भएसँगै समृद्ध नेपाल बन्ने दाबी गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>