खेलकुद

नेपालले युएईसँग ३० कात्तिक र यमनसँग ५ मंसिरमा खेल्ने

Banner

काठमाडौं,कात्तिक २-

फिफा विश्वकपको एसिया क्षेत्रको छनोट खेलको दोस्रो चरणको खेलतालिका सार्वजनिक भएको छ । समूह एचमा रहेको नेपालले पहिलो खेल कात्तिक ३० गते संयुक्त अरब इमिरेट्स ९युएई० सँग दुबईमा खेल्नेछ ।

त्यस्तै दोस्रो खेल भने यमनसँग मंसिर ५ गते दशरथ रंगशालामा खेल्नेछ । यही समूहमा रहेका यमन र बहराइनले ३० कात्तिकमै साउदी अरेबियामा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै ५ मंसिरमा बहराइन र युएईले बहराइनमा प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो चरणको छनोटमा लाओसलाई समग्रमा २–१ ले पराजित गरेको नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।

लाओससँगको पहिलो लेग नेपालले २५ असोजमा दशरथ रंगशालामा १–१ को बराबरी खेलेको थियो । दोस्रो लेग ३० असोजमा लाओसमा भएको थियो र नेपाल १–० ले विजयी भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>