अन्तर्राष्ट्रिय

मेसीको २ गोलमा अर्जेन्टिनाको लगातार चौथो जित

Banner

काठमाडौँ, कात्तिक १-

लिओनल मेसीको दुई गोल मद्दतमा अर्जेन्टिनाले विश्वकप छनोटमा बुधबार बिहान पेरुलाई २-० ले पराजित गरेको छ ।

२०२६ को फिफा विश्वकप छनोटमा अर्जेन्टिनाको यो लगातार चौथो जित हो ।

पेरुको मैदान स्टाडियो नासिओनल डे लिमामा अर्जेन्टिनालाई सहज जित दिलाउन मेसीले खेलको ३२औं र ४२औं मिनेटमा गोल गरेका थिए ।

दक्षिण अमरिकी क्षेत्रमा शतप्रतिशत नतिजा निकालेको अर्जेन्टिना ४ खेलबाट १२ अँकसहित शीर्ष स्थानमा छ । पेरु ४ खेलबाट १ अंकसहित नवौं स्थानमा छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>