चितवन विशेष
भरतपुर गौरीगञ्जकी आँचल देवकोटा बागमती प्रदेशस्तरीय निबन्ध लेखनमा पहिलो
०

चितवन, असोज ३०-
भरतपुर गौरीगञ्जकी आँचल देवकोटा बागमती प्रदेशस्तरीय निबन्ध लेखन प्रतियोगितामा पहिलो भएकी छन् ।
६८ औँ प्रहरी दिवसका अवसरमा ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ विषयक निबन्ध लेखनमा देवकोटा पहिलो भएकी हुन् ।
चितवन जिल्लाबाट छनोट चरणमा पहिलो भएकी उनी बागमती प्रदेशबाट समेत पहिलो हुन सफल भएकी हुन् । भरतपुरको पोलर स्टार इङलिस स्कुलकी विद्यार्थी उनी पढाइको साथसाथै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























