राजनीति
कोशीका मुख्यमन्त्री कार्कीले बालकोट पुगेर भेटे एमाले अध्यक्ष ओलीलाई
०

काठमाडौं, असोज २८-
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले भेटेका छन्। मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले शनिबार बालकोटस्थित निवासमा पुगेर अध्यक्ष ओलीलाई भेटेका हुन् ।
भेटमा मुख्यमन्त्री कार्कीले अध्यक्ष ओलीलाई एमालेसँग आफूले गरेको सहमतिमा धोका नदिने बताएको ओलीनिकट एमालेका एक नेताले जानकारी दिए। कार्कीसहित कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























