देश/प्रदेश

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

०
Banner

काठमाडौं, कात्तिक ११ –

अमेरिकाबाट कुरियरमार्फत ल्याइएको लागूऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। ब्युरोका अनुसार २०८३ कात्तिक १० गते अमेरिकाबाट कुरियरमार्फत डकुमेन्टको आवरणमा ल्याइएको एक किलो ३३८ ग्राम गाँजा नियन्त्रणमा लिइएको थियो।

पक्राउ पर्नेमा भारतको गुजरात, अहमदाबादका २३ वर्षीय भावरसिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन्। उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।

प्रहरीले उनीहरूबाट गाँजासहित दुई थान मोबाइल फोनसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको ब्युरोका सहप्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>